प्रधानमन्त्रीले आज बैतडी र दार्चुलाको चुनावी सभामा सम्बोधन गर्दै

by समतल अनलाइन

दार्चुला । चुनावी प्रचारप्रसारको क्रममा सुदूरपश्चिम प्रदशेमा रहेका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका शेरबहादुर देउवाले आज (मंगलबार) बैतडी र दार्चुलामा हुने गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि सम्बोधन गर्ने जनाइएको छ ।

गृह जिल्ला डडेलधुरामा चार दिने कार्यक्रम सकेर निजी निवास धनगढीमा रहेका देउवाले राजनीति भेटघाट तीव्र पारेका छन् । प्रधानमन्त्री राजधानी फर्किने टुंगो लागिनसकेको स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् ।

 
 
  
 

You may also like