रुपन्देही–२ मा सत्ता गठबन्धनको केशव थापालाई समर्थन

by समतल अनलाइन

बुटवल । सत्ता गठबन्धनले रुपन्देही २ मा प्रतिनिधिसभा सदस्यका लागि जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापालाई गठबन्धनको साझा उम्मेदवारको रूपमा समर्थन गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । यस निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी निर्वाचन कार्यालयले खारेज गरिदिएको थियो ।

सर्वोच्च अदालतले गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन कार्यालयको निर्णय सदर गरिदिएको थियो । उम्मेदवारी खारेजीविरुद्ध परेको रिटमा न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले यसअघि सर्वोच्चकै एकल इजलासबाट भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश गरेपछि सत्ता गठबन्धन रुपन्देही २ मा उम्मेदवारविहीन बनेको थियो ।

 
 
  
 

You may also like