कल्भर्ट निर्माणमा ढिलासुस्ती गरेपछि बुटवल १५ का वडाध्यक्षले लगाइदिए डोजरमा चेन

by समतल अनलाइन

बुटवल ।बुटवलको तामनगर–फर्साटिकर सडकखण्डमा कल्भट निर्माणमा ठेकेदारले ढिलासुस्ति गरेको भन्दै वडाध्यक्षले डोजरमा चेन लगाइदिएका छन् ।

सडक अलपत्र पारेर आवतजावतमै समस्या बनाएको तर काम नगरेकाले एक्सनमा उत्रनुपरेको १५ नं वडाका अध्यक्ष शिव रानाले नागरिक अनलाइनलाइ बताए । मेसिनमा सिक्रिले बाँधेर तालाबन्दी गरेर चाबि कब्जामा राखेका हुन । निर्माण कम्पनीलाई पटक–पटक काम सक्न आग्रह गर्दा पनि अटेर गरेपछि ताला लगाउनुपरेको उनको भनाइ छ ।

निर्माणको जिम्मा पाएको सत्यवति निर्माण कम्पनिलाई काम सक्न ताकेता गर्दा पनि आलटाल गरेको बताइएको छ । कल्भट निर्माण अलपत्र हँदा स्थानियवासी र स्कुले विद्यार्थीलाई आवतजावतमा समस्या भएपछि वडाले छुट्टै डोजर लगाएर काम गरेको छ ।

 
 
  
 

You may also like