बुटवल। सामाजिक कार्यमा अग्रसर १३ वर्षीय बालिका श्रेया कुवँरलाई बुटवलमा सम्मान गरिएको छ । लायन्स क्लव अफ बुटवल मणि उजेशले उनले सामाजिक कार्यमा आर्थिक तथा बैचारीक सहयोग गरेको भन्दै बुटवल आएको समयमा सम्मान गरेको हो ।
हाल बेलायतमा बस्दै आएकी श्रेया र उनका अभिभावकलाई सामाजिक कार्यका लागि गरेको सहयोगको मुल्यांकन गर्दै मणि उजेशले सम्मान गरेको क्लवका पुर्व अध्यक्ष सोनाली गुरुङ्गले जानकारी दिनुभयो । बुटवल कालिकानगरकी स्थानीय श्रेयाले आफ्नो पकेट तथा खाजा खर्च जोगाएर आर्थिक रुपमा समस्यामा परेकाहरुलाई मणि उजेश मार्फत सहयोग गर्दै आएको पुर्व अध्यक्ष गुरुङ्गले बताउनुभयो ।
श्रेयाले अहिलेसम्म तीनलाख बढी रुपैयाँ समुदायका लागि सहयोग गरि सकेकी छन् । मणि उजेशका वर्ष २०२२÷२३ का अध्यक्ष डाक्टर शान्ता शर्माको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा लायन्सका पिएमजेफ सुनिल वझा, होनरी सेल मिरा वझा, डिष्ट्रिक को चिफ एड्भाईजर सुनिता श्रेष्ठ, एरिया चिफ माधव खनाल, जोन चियर सोनाली गुरुङ्ग, मणि उजेशका निर्वतमान अध्यक्ष प्रविना घिमिरे लगायतले बालबालिकाले समुदायका लागि केही गर्छ भनेर भावना जगाउनु सकारात्मक भएको बताउनुभयो ।
मणि उजेशका सचिव पुष्पा कंडेलको संचालनमा भएको कार्यक्रममा आफ्ना विचार राख्दै श्रेयाले आर्थिक अभावमा स्कुल जान नपाएका र पढ्न नपाएकाहरुलाई सहयोग गर्ने बताईन् । कार्यक्रममा श्रेयाका बुवा महेन्द्र कुवर र आमा मिना थापालाई पनि सम्मान गरिएको थियो ।