नसर्ने रोग सम्बन्धि सरोकारवालाहरुलाई अभिमुखीकरण सैनामैनामा

by समतल अनलाइन

सैनामैना।सैनामैना नगरपालिकाको मुर्गियामा रहेको पर्रोहा स्वास्थ्य चौकिको ब्यवस्थापनमा सैनामैना वडा नम्बर ४ मा रहेको मुर्गिया खानेपानिको सभाहलमा नसर्ने रोग सम्बन्धि सरोकारवालाहरुलाई अभिमुखीकरण कार्यक्रम दिएको छ ।

कार्यक्रमको प्रमुख अतिथि रहेका सैनामैना नगरपालिका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले नसर्ने रोगहरू हामी धेरै आफैस लिगेर हिडेका छौ, विशेष गरि हाम्रो आनिवानि र खानपानकै कारणले रोगहरू लाग्ने गर्दछ, जब दुख्छ फोक्सो, मिर्गौला, छाति अनि हामी तव जान्छौ स्वास्थ्य परीक्षण गर्न, हामी स्वास्थ्य हुन गेडागुडीका दालहरू उमारेर खाने, राति सम्म मोवाइल प्रयोग नगर्ने, टेन्सन कुनै कुरामा पनि नलिने, अफु त सुध्रिनेसगै अरुलाई नि सुधार्ने पर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि रहेका सैनामैना नगरपालिका प्रमुख प्रशासकीय अधिकृत भिम प्रसाद तिवारीले यो कार्यक्रम एकदम रामो हो मानिस रोग वारे जानकार भो भने रोग नै लाग्दैन त्यसैले प्रत्येक दिन नसर्ने रोग बारे थाहा नहुने हाम्रो नि कमजोरि हो, घरमा रहेको खानेकुराहरू राम्रोसँग पकाएर खानुपर्ने र दैनिक बियाम गर्ने सगै दैनिक मर्निङ वाक गर्यो भने धेरै रोगहरूबाट छुटकारा पाउन सकिन्छ।

सैनामैना नगरपालिकाको सहयोग संस्था सोरो गुरास वाल विकास सेवाद्वारा संचालित सुआहारा दोस्रो परियोजनामा नसर्ने रोग सम्बन्धि सरोकारवालाहरुलाई अभिमुखीकरण कार्यक्रम भएको छ। उक्त कार्यक्रममा नसर्ने रोग सम्बन्धि सरोकारवालाहरुलाई अभिमुखीकरण डाक्टर बिमल शर्माले सहजीकरण गर्नुभएको थियो भने उक्त कार्यक्रममा सैनामैनाका बिभिन्न संघ संस्थाका अध्यक्ष र प्रतिनिधि गरेर करिब ५० जना भन्दा धेरैको उपस्थिति रहेको थियो ।

कार्यक्रम पर्रोहा स्वास्थ्य चौकी एवम् सैनामैना नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष राम प्रसाद अधिकारीको अध्यक्षता एवम् पर्रोहा स्वास्थ्य चौकीका इन्चार्ज जंग बहादुर सुनार स्वागत तथा कार्यक्रमको संचालन रिम बहादुर पाटाले गर्नुभएको थियो ।

 
 
  
 

You may also like