छाडा पशु चौपायालाई रिफलेक्टिभ स्टिकर

by समतल अनलाइन
139Shares

तिलोत्तमा।तिलोत्तमाका छाडा पशु चौपायालाई रिफलेक्टिभ स्टिकर रातिमा टाढै बाट स्पस्ट देख्न सकिने फित्ता बाँध्न सुरु गरिएको छ ।

सडकमा जथाभावी छोडिएका पशुचौपायाहरुले गर्दा रातको समयमा सडक दुर्घटना बढ्दै गएका कारण तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले गाईलाई स्टिकर लगाउने अभियान सुरु गरेका छन।

शसस्त्र प्रहरी र नेपाल प्रहरीसंगको सहकार्यमा छाडा पशुचौपायाहरुको घाटीमा रिफलेक्टिभ स्टिकर बाँध्न सुरु गरिएको हो ।

छाडा पशुचौपाया विषेश गरि गाई हरुलाई तिलोत्तमा नगरले गौशालामा पनि व्यावस्थापन गरेको छ ।

गौशाला मा लान छुटेका र बाहिर बाट आएर सडकको छेउछाउमा जथाभावी अबेवस्थित रुपमा हिडडुल गर्दा सवार गर्ने यात्रुहरु झुक्किएर दुर्घटना बढ्ने गरेको हुदा टाढै बाट स्पस्ट देखिने खालको रिफलेक्टिभ स्टिकर लगाईएको नगर प्रमुख खाणले बताए।

Comments

You may also like