मेगा बैंक लुम्बिनी प्रदेशद्वारा सैनामैनामा बौद्धिक अपांगता केन्द्रलाई खेलकुद तथा शैक्षिक सामग्री प्रदान

by समतल अनलाइन

बुटवल । मेगा बैंक नेपाल लिमिटेड लुम्बिनी प्रदेशले रुपन्देही सैनामैना नगरपालिकामा रहेको बौद्धिक अपांगता सेवा केन्द्रलाइ खेलकुद तथा शैक्षिक सामाग्री प्रदान गरेको छ ।

मेगा बैंकका लुम्बिनी प्रदेशमा कार्यरत सम्पूर्ण कर्मचारीहरुले आफ्नो आम्दानीमध्येबाट थोरै रकम भएपनी सामाजिक सेवामा लगाउने सोचका साथ स–सानो रकम स्वेच्छिक रुपमा संकलन गरि उक्त रकमबाट सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बौद्धिक अपांगता सेवा केन्द्र सैनामैना 0८ रुपन्देहीलाई सहयोग गरेको हो । त्यहा रहेका बौद्धिक अपांगता भएका बालबालिका तथा विद्यार्थीहरुको पठनपाठन र सिकाइमा केही सहज होस भनेर विभिन्न खेलकुद तथा शैक्षिक सामाग्री प्रदान गरिएको मेगा बैंक भैरहवा शाखाका प्रबन्धक मिलन कुमार पुनले जानकारी दिए ।

मेगा बैंक लुम्बिनी प्रदेश प्रमुख बिश्व पौड्यालको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि सैनामैना नगर उप प्रमुख बिना रानाले मेगा बैंकका लुम्बिनी प्रदेशका कर्मचारीले आफ्नो आम्दानीबाट केही रकम संकलन गरि बौद्धिक अपांगता भएका ब्यक्तिहरुलाई यस्तो सहयोग गरेको भन्दै कर्मचारीहरुको सकारात्मक सोचको प्रसंसा व्यक्त गर्नुभयो , मेगा बैंक बुटवल साखाका प्रमुख अमृत थापाको स्वागत र नयाँगाउँ शाखा प्रमुख अशोक रानाको संचालनमा भएको कार्यक्रममा मिलन कुमार पुन , सेवा केन्द्रकि शिक्षिका सुशीला भण्डारी , सैनामैना नगरपालिका कार्यपालिका सदस्य दुर्गा माया श्रेष्ठ लगायतले भनाइ राख्नु भएको थियो । सो कार्यक्रममा मेगा बैंकका विभिन्न साखाका प्रमुख , प्रदेश कार्यलय र साखा कार्यलयका कर्मचारीहरु , केन्द्रका ब्यबस्थापन समितिका प्रतिनिधि बिद्यार्थी र अभिभावकहरुको उपस्तिथि रहेको थियो ।

यस अघि बैंकले लुम्बिनी प्रदेश स्थित नेपालगञ्जको मानवसेवा आश्रम, दाङ्गको घोराहीमा रहेको नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र , पाल्पाको अभियान नेपाल सस्था र रुपन्देहीको सियारीमा रहेको बिरेन्द्र माबीका दृस्टीबिहिन स्रोतका बिद्यार्थीहरुलाइ समेत विभिन्न सामाग्रीहरु वितरण गरि सहयोग गरेको छ । साथै अब नवलपरासीको वर्दघाटमा समेत यस्तै प्रकारको सामाजिक कार्य सम्पन्न गर्ने मेगा बैंक लुम्बिनी प्रदेशका प्रदेश प्रमुख विश्व पौडयालले जानकारी दिनुभयो ।

 
 
  
 

You may also like