नेत्रहिन महिला संघद्वारा तिलोत्तमामा अभिमुखीकरण

by समतल अनलाइन

नेत्रहीन महिला संघ नेपाल
सुकेधारा काठमाडौं द्धारा तिलोत्तमा नगरपालिका मा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
नगरपालिकाको सभाहलमा एक कार्यक्रम विच सम्पन्न कार्यक्रममा अपाङ्गता भएका महिलाहरुको अधिकारका विषयमा छलफल भएको थियो।
अपाङ्गता भएका महिलाहरुको अधिकारका
सम्बन्धमा संयुत राष्टिय महासन्धि ( UNCRPO) र दिगो विकास लक्ष्य (SDG)मा उल्लेखित अधिकारहरुको सन्द्रर्भमा स्थानिय स्थानिय सरोकारले गर्नु पर्ने भुमिकाका विषयमा छफभल भएको थियो।
अभिमुखिकरण कार्यक्रममा नगर प्रमुख राम कृष्ण खाणले
अपाङ्गता भएका व्यक्तिहरुलाई सेवा सुविधा दिनुका साथै आत्मा निर्भर हुने सिप को विकास गर्नु पर्ने बताए।
सरकारले प्रदान गरेको रातो ,पहेको ,निलो काड बाट दिएको भत्ताले कसैको जिवन निर्भर हुन सक्दैन क्षमता अभिवृध्दि गरि आएमुलक कार्यमा लगाउने र रोजगारी सिर्जना गर्न सरकारले निति नै बनाउन पर्ने बताए।
तिलोत्तमा नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई मध्यनजर गर्दै निति तथा कार्यक्रममा नै बनाएको पनि खाणले बताए।
यसै गरि उप प्रमुख जागेश्वरि देवि चौधरीले वडा तहबाट अपाङ्गता भएका व्यक्तिको सिफारिस गर्दा ध्यान पुर्वक निति निमय पुर्वक सिफारिस गर्न आग्रह गरिन।नगरपालिकाले बनाएको निति भन्दा बाहिर रहेर काम नगर्न र क्षमता अभिवृध्दि मा ध्यान दिनु पर्ने बताईन।

 
 
  
 

You may also like