पन्ध्रौ नियमित रक्तदान

बुटवल । कालिका मानव ज्ञान विद्यालय परिसरमा नेपाल स्वयंसेवी रक्तदाता समाज, तिलोत्तमा शाखा र रुपन्देही नागरिक समाजको संयुक्त आयोजनामा पन्ध्रौं नियमित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश महासचिव कृष्ण पंगेनीले रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरि उद्घाटन गर्दै रक्तदान अभियान सबैको साझा अभियान भएको बताए ।

डेगुका बिरामीहरु बढ्दै जादा रुपन्देहीमा रगतको माग बढेको बेला रक्तदान कार्यक्रमलाई बढीभन्दा बढी संचालन गर्नुपर्ने उनले बताए । नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्री ब्यक्तिगत ७४ पटक रक्तदान गर्दै युवाहरुलाई रक्तदानमा अग्रसर गराउने लक्ष्यका साथ कार्यक्रम चलाईरहेको बताए ।

नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखा अध्यक्ष गोविन्द भुसालले संस्थागत रुपमा रक्तदान अभियानलाई चलाउदै आएको बताए । कार्यक्रममा नागरिक समाजका सल्लाहकार टेकबहादुर थापा, कालिका मा.वि.का अध्यक्ष होमबहादुर गलामीले रक्तदानको महत्व समुदायमा बुझाउन पनि चोकचोकमा रक्तदानका कार्यक्रम गर्न जरुरी रहेको बताए ।

कार्यक्रममा १ सय २ पिन्ट रगत संकलन भएको कार्यक्रम संयोजक शंकर गौतमले बताए ।

 
 
  
 

You may also like