तिलोत्तमा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका रामकृष्ण खाँण बिजयी

by समतल अनलाइन
283Shares

तिलोत्तमा ।रूपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका रामकृष्ण खाँण बिजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार मोहन चापागाईंलाई पराजित गरेका हुन् । राती १२ ः१५ बजेको पछिल्लो मतपरिणाम अनुसार खाँण ७१० मत ले अगाडि छन् । करिब ३ सय मत गणना बाँकी नै छ ।
६४ हजार १३० कूल गणना हुदा खांणले २४ हजार १८४ र एमालेका चापागाइले २३ हजार ४७४ मत पाएका छन् ।
उपप्रमुखमा भने नेकपा एमालेकी उम्मेदवार जगेश्वरीदेवी चौधरी भारी मतान्तरसहित बिजयी भएकी छन । तर औपचारिक घोषणा भने बाँकी छ ।
तिलोत्तमा एमाले नेता घनश्याम भुसालको गृह नगर हो भने एमाले उपाध्यक्ष बिष्णु पौडेलको पनि निर्वाचन क्षेत्र पनि पर्दछ । गृहमन्त्री बालकृष्ण खाँणको गृहनगर र जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले मतदान गरेको क्षेत्र समेत हो । तिलोत्तमामा विस २०७४ सालमा एमालेले प्रमुख र उपप्रमुख जितेको थियो ।

तिलोत्तमा नगरपालिकामा निर्वाचित वडाध्यक्षहरू ः

वडा न १ फर्सराम गिरी एमाले
२ डिल बहादुर भट्टराई कांग्रेस
३ कल्याण पौडेल कांग्रेस
४ हरि बहादुर क्षेत्री एमाले
५ रमेश डुम्रे कांग्रेस
६ गणेश पाठक कांग्रेस
७ देवी पंगेनी एमाले
८ कृष्ण पौडेल एमाले
९ गणना जारी ३ सय मत बाँकी ।
१० गोपाल घिमिरे एमाले
११ बिष्णु बहादुर बराल एमाले
१२ सहदेव थारु एमाले
१३ नारायण ढकाल कांग्रेस
१४ असविन पौडेल कांग्रेस
१५ खेमराज गुरुङ एमाले
१६ झविलाल भुसाल कांग्रेस
१७ दान बहादुर चौधरी कांग्रेस

तिलोत्तमा नगरपालिकामा हालसम्म ९ नम्बर बाहेक सबै वडाको अन्तिम परिणाम आई सकेको छ । ती वडा मध्ये वडा नं १,४,७,१०,११, १२ र १५ मा नेकपा एमालेले बिजय हासिल गरेको छ भने वडा नं २,३,५,६,१३,१४,१६ र १७ मा नेपाली कांग्रेसले बिजय हासिल गरेको छ ।तिलोत्तमामा कांग्रेस र माओबादीको तालमेल थियो ।

You may also like

This will close in 0 seconds