निर्वाचनमा आयोगलाई २ लाख कर्मचारी चाहिने

by समतल अनलाइन
Shares

काठमाडौं । स्थानीय तह निर्वाचनमा कम्तीमा २ लाख कर्मचारी परिचालन गर्नुपर्ने भएपछि निर्वाचन आयोग व्यवस्थापनमा जुटेको छ।

वैशाख ८ गते ७ सय ५३ वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय खोल्ने तयारीमा रहेको आयोगले त्योभन्दा पहिले नै सबै निर्वाचन अधिकृतको कार्यालयमा खटाइने कर्मचारीहरूको जोहो गर्न गृहकार्य गरिरहेको सचिव गोकर्णमणि दुवाडीले जानकारी दिए। देशभर २ हजार ५ सय मतदान केन्द्र र १० हजार ७ सय ५० मतदान स्थल रहने अनुमान गरिएको जानकारी दिंदै सचिव दुवाडीले त्यसमा केही थपघट हुन सक्ने बताए।

संघीय मामिला मन्त्रालयले चुनावमा परिचालन गर्न भनेर यसै साता ५ सय ५० जना उपसचिवको नाम आयोगमा पठाएको छ। पालिका तहमा स्थापना हुने निर्वाचन अधिकृतको कार्यालयमा मुख्य निर्वाचन अधिृकत उपसचिवसरहको कर्मचारी हुने व्यवस्था गरिएको छ। नागरिक दैनिकबाट

You may also like

This will close in 0 seconds