बुटवलमा थपियो अर्को ठूलो कभर्डहल

बुटवल । बुटवल-१५, सेमलारमा निर्माण गरिएको यसक्षेत्रकै ठूलो कभर्डहलको उपमहानगर प्रमुख शिवराज सुवेदीले सोमबार एक संक्षिप्त समारोहबीच उद्घाटन गर्नुभयो । दुई करोड बराबरको लागतमा उपमहानगरले कभर्डहल निर्माण गरेको हो । कभर्डहलमा एकैपटक चारवटा कोर्टमा प्रतिस्पर्धा र इण्डोर गेमका अधिकांश प्रतिस्पर्धा गराउन मिल्ने वडा अध्यक्ष डम्बरबहादुर भण्डारीले बताउनुभयो ।

उद्घाटन समारोहमा उपप्रमुख गुमादेवी आचार्य, जनप्रतिनिधि तथा स्थानीय समाजसेवी कृष्णप्रसाद भुसाल, समाजसेवी तथा राजनीतिक दलका नेता हरिध्वज मल्ल, निर्माण उपभोक्ता समिति अध्यक्ष विनोद आचार्य,वडाका सचिव मेघराज काफ्लेलगायतले खेलकुदको विकासका लागि उपमहानगरले नमुना कार्य गर्दैआएको उल्लेख गर्नुभएको थियो ।

 
 
  
 

You may also like