गण्डकी र प्रदेश-१ मा मेघगर्जन र चट्टयाङसहित वर्षाको सम्भावना

काठमाडौं । नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको अंशिक प्रभाव रहेको मौसमविदले बताएका छन् । आज (आइतबार) बिहान पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश-१ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

पूर्वी हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । विभागका अनुसार आज राति देशको गण्डकी प्रदेश र प्रदेश-१ का पहाडी भू-भागमा आंशिक बदली रहने छ । अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

 
 
  
 

You may also like