प्रकाश सपुतको ‘पीर’ गीतमा बाबुरामले भने, ‘आपत्ति मान्नु पर्ने कुरा छैन’

by समतल अनलाइन
205Shares

काठमाडौं । प्रकाश सपुतको ‘पीर’ शीर्षकको म्युजिक भिडियोले जनयुद्ध लडेका महिलाको अपमान गरेको भन्दै नेकपा माओवादी केन्द्रका नेताहरूले गम्भीर आपत्ति जनाइरहेका बेला माओवादी सशस्त्र विद्रोहका एक शीर्ष नेता डा. बाबुराम भट्टराईले भने समर्थन जनाएका छन् ।

सामाजिक सञ्जालमा डा. भट्टराई लेख्छन् : म पनि जनयुद्धको एक अगुवा हुनुको नाताले प्रकाश सपुतको गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु, ‘त्यसमा आपत्ति मान्नुपर्ने कुरा छैन । गीतले जनयुद्धको विरोध गरेको छैन । अपूर्ण क्रान्तिका पीडा दर्शाएको छ । त्यस निम्ति क्रान्तिलाई नयाँ ढंगले अगाडि बढाउने पो हो । गीतका सर्जकलाई किन धम्क्याउने ?

यसैबीच नेकपा माओवादी केन्द्रका नेताहरुले उक्त गीत युट्युवबाट हटाउन भनिरहेका बेला सर्जक प्रकाश सपुतले आफ्नो ट्वीटरमा लेखेका छन्, ‘ह्या यस्तो गीतहरु गाउँदिन/बनाउँदिन भन्छु तर, फेरि कसो कसो सिर्जनाहरु उतै मोडिन्छन् । थाहा छैन म निरासावादी हो कि हामी बाँचेको समय र परिवेश निरासाजनक हो ।

You may also like

This will close in 0 seconds