युक्रेनबाट ५ सय ३३ नेपालीलाई सुरक्षित बाहिर निकाल्यौँ : परराष्ट्रमन्त्री खड्का

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले युक्रेनबाट ५ सय ३३ जना नेपाली सुरक्षित रुपमा बाहिरिएको बताएका छन् । सोमबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा मन्त्री खड्काले रुसले युक्रेनमा आक्रमणपछि भारतको उद्धार टोलीको सहयोगमा नेपालीको उद्धार गरेको बताए ।

उद्धार गरिएकाहरु मध्ये पोल्याण्ड ४ सय २७ जना र बाँकी अन्य देशमा सुरक्षित रहेको बताए । भारत सरकारको उद्धार टोलीलाई नेपालीलाई उद्धार गर्न आग्रह गरेको र सो अनुसार सहयोग भएकोमा भारतलाई धन्यवाद समेत दिए ।

मन्त्री खड्काले राष्ट्रसंघको ११ औं आपतकालीन बैठकमा नेपालले युक्रेनको पक्षमा मतदान गरेको पनि जानकारी गरेको बताए । संयुक्त राष्ट्रसंघको बडापत्रको र मानवअधिकारको सम्मान गर्दै युक्रेनको पक्षमा मतदान गरेको बताए । नेपालले असंलग्न परराष्ट्र नीति अन्तरगत नै युक्रेनको समर्थन गरेको र अर्को कुनै गुटमा नगएको बताए ।

 
 
  
 

You may also like