बुटवलमा हलिउड फिल्म ‘ द ब्याटम्यान ‘ प्रदर्शन हुने

by समतल अनलाइन

बुटवल ,बुटवलमा हलिउड चलचित्र ‘द ब्याटम्यान’ को विषेश फ्यान स्क्रिनिङ गर्ने भएकोछ ।बुटवलस्थित क्यु .एफ.एक्स सिनेमाजले वार्नर ब्रोज पिक्चरर्सले उत्पादन गरेको यो चलचित्र नेपालका लागि आधिकारीक बिक्रेता एप्पल इन्टरटेन्मेन्ट प्रा.लि को सहकार्यमा फ्यानका लागि उत्सवस्वरुप विशेष प्रदर्शन गरिने भएको हो ।

उक्त सो मार्च ३ गते (बिहीबार) का दिन साँझ ६ बजे प्रदर्शन गरिनें एप्पल इन्टरटेन्मेन्टकी कार्यकारी निर्देशक जेनिस पहारी र क्यू एफ एक्सको तर्फबाट फेसिलिटी म्यानेजर महेश्वर गिरीले संयुक्त रुपमा जानकारी गराएका हुन् । उक्त विशेष प्रर्दशनमा करिब १९६ जनालाई आमन्त्रण गरिएको उनीहरुको भनाई छ । सोही दिनदेखि नै ‘द ब्याटम्यान’ दर्शकका लागि पनि खुल्ला रहने जनाइएको छ ।

केही समयअघि क्यू.एफ.एक्सबाटै प्रदर्शनमा ल्याईएको हलिउड चलचित्र ‘जुमानजी’ को सफलतापश्चात् दर्शकको सम्भावनालाई अध्ययन गरी यो चलचित्रलाई प्रदर्शनमा ल्याउन लागिएको र दर्शकको क्रेज र सन्तुष्टिलाई देखेर आफूहरु चलचित्रको सफल प्रदर्शन हुने कुरामा विश्वस्त रहेका उनीहरुको भनाई छ ।

सन् २००८ को सेप्टेम्बर महिनादेखि सुरु भएको एप्पल इन्टरटेन्मेन्टले हालसम्म १ सय बढि हलिउड चलचित्रहरुलाई प्रदर्शनमा ल्याईसकेको संस्थाकी कार्यकारी निर्देशक जेनिस पहारीले बताइन् । एप्पल इन्टरटेन्मेन्ट हलिउड चलचित्र उत्पादन गर्ने कम्पनी वार्नर ब्रोजसँगै युनिभर्सल पिक्चर्स, वाल्ट डिजनी स्टूडियो, सोनी पिक्चर्स लगायत विभिन्न कम्पनीले उत्पादन गर्ने चलचित्रको नेपालका लागि आधिकारीक बिक्रेता हो ।

 
 
  
 

You may also like