रुपन्देही सैनामैनामा टिप्पर र स्कुटर एकआपसमा ठोक्किदा एक वृद्धको मृत्यु , एक जना घाइते

by समतल अनलाइन

बुटवल ।रुपन्देहीको सैनामैनामा सवारी दुर्घटनामा एक जनाको मृत्युु भएको छ।

रुपन्देही सैनामैना नगरपालिका -११ इटाखोलास्थित सडकमा लु.२ ख ५७९३ नम्बरको टिपर र लु३६ प ९८९१ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाई सोमबार दिउसो दुर्घटना हुदा सोही नगरपालिका वनकट्टी बस्ने ६४ बर्षिय गायत्री आचार्यको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

साथै दुर्घटनामा घाइते भएका स्कुटर चालक सोही नगरपालिका बनकट्टी बस्ने ३२ वर्षीय यादव प्रसादको हिराचन्द्र मेडिकल सालझण्डीमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

 
 
  
 

You may also like