संसदअघि कार्य व्यवस्था परामर्श समितिको बैठक

by समतल अनलाइन

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आज (आइतबार) कार्य व्यस्था परामर्श समितिको बैठक बोलाएका छन् । आज बस्ने प्रतिनिधिसभाको बैठकअघि उनले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा बैठक बोलाइएको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुखले बोलाउँदै आएको कार्य व्यवस्था परामर्श समितिको वैठक लगातार वहिष्कार गर्दै आएको छ । बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको छ । बैठकमा संसद् बैठकको कार्यसूचीबारे छलफल हुनेछ । बैठकमा संसदमा जारी अवरोध हटाउने विषयमा छलफल हुनेछ ।

 
 
  
 

You may also like