एमसीसी पास गर्न ढिलाई नगरौं, अनुदान लिन्न भन्नु हाँस्यास्पद : सुजाता कोइराला

by समतल अनलाइन

काठमाडौं । नेपाली काँग्रेसकी नेतृ सुजाता कोईरालाले एमसीसी पास गर्न ढिलाई गर्न नहुने बताएकी छन् । उनले एमसीसीलाई सबै दलले अघि बढाएको बताउँदै विकासको योजना सबै दलले मिलेर पास गर्नुपर्ने बताइन् ।

उनले अनुदान लिन्न भन्नु हाँस्यास्पद भएकोले अन्र्तराष्ट्रिय सम्बन्धलाई राम्रो बनाइराख्न एमसीसी टेबुलबाट पास गर्नुपर्ने बताइन् । उनले नेपालमा ठूला अनुदान भित्र्याउन नदिने षड्यन्त्रकारी शक्ति रहेको भन्दै यसलाई हरेक पार्टीले समर्थन गरेर पास गर्नुपर्ने बताइन् ।

नेतृ कोइरालाले एमालेसहितका सबै दलहरुले सरकारमा रहँदा एमसीसी पास गर्नुपर्ने कुरा अघि सारेकोले अहिले विरोध गरेर दोहोरो चरित्र देखाउन नहुने बताइन् । उनले नेपाललाई एमसीसीले कब्जा गर्न नसक्ने पनि बताइन् ।

 
 
  
 

You may also like