संसदमा एमसीसी टेबुल गर्न अब कसैले रोक्न सक्दैन : रामचन्द्र पौडेल

by समतल अनलाइन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) लाई संसदमा टेबुल हुनबाट कसैले रोक्न नसक्ने बताएका छन्।

सोमबार आदिकवि भानु साहित्यिक अध्ययन समितिद्वारा आयोजित कार्यक्रममा सभामुखले एमसीसी नरोक्ने भन्दै अब संसद्बाट कसैलै एमसीसी टेबुल हुनबाट कसैले नरोक्ने बताए ।

उनले भने, ‘अब एमसीसी सभामुखले रोकेर राख्नुहुन्न। अब संसदमा एमसीसीबारे छलफल हुन्छ। पास फेल जे हुनुपर्ने हो संसदमै हुन्छ ।’

नेता पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा माथि सत्तारुढ दल मिलेर लगाएको महाभियोग प्रस्तावबारे पनि धारणा राखेका छन् ।

प्रधानन्यायाधीश जबरामाथि नेपाल बार एसोसिएसन र सर्वाेच्चका न्यायाधीशहरूले प्रश्न उठाउँदा सम्मानजन बर्हिगमनको बाटो रोजे पनि त्यसविपरीत अघि बढेको भन्दै महाअभियोग लगाएको बताए ।

‘नेपाल बार र न्यायधिसहरुले नै उहाँ माथि प्रश्न उठाउनुभएको थियो। उहाँले सम्मानजनक बहिर्गमन चाहेको बताउँदै आउनुभएको थियो। तर, उहाँले सम्मानजनक बहिर्गमनको बाटो रोज्नुभएन ।त्यो भनेको महाअभियोग लगाएर देखाउ भनेको हो। त्यसैले महाभियोगको प्रस्ताव ल्याइएको हो।’

 

 
 
  
 

You may also like