भारत, चीन र अमेरिकासँग मैत्री सम्बन्ध आवश्यक : बाबुराम भट्टराई

by समतल अनलाइन
Shares

काठमाडौं । नेपालमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सँगको सम्झौता संसदबाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विवाद चर्किरहेका बेला पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत, चीनसहित अमेरिकासँग पनि मैत्रीपूणर् सम्बन्ध राख्नुपर्ने बताएका छन् ।

एमसीसी स्वीकार गर्नुपर्छ भन्ने पक्षमा जोडदार वकालत गरिरहेका सत्तारुढ जनता समाजवादी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. भट्टराईले बिहीबार राति सामाजिक सञ्जालमार्फत भारत, चीन, अमेरिका तीनै देशसँग गतिशील सन्तुलनको मैत्रीसम्बन्ध बनाउनुपर्नेमा जोड दिएका हुन् ।

‘नेपालमा वैकल्पिक राजनीतिका आधारतत्व यी हुन्’ शीर्षकमा भट्टराईले लेखेका छन् : १. वैज्ञानिक मानवतावादी विचार । २. भारत, चीन, अमेरिकासँग गतिशील सन्तुलनको मैत्री सम्बन्ध । ३. हिमाल, पहाड, तराई/मधेसका सबै जाति/समुदायको पहिचान/अधिकारको रक्षा । ४. पार्टी र सत्तामा समावेशी/सहभागितामूलक लोकतन्त्र । ५. समावेशी/दिगो समृद्धि । ६. सुशासन/सदाचार ।

You may also like

This will close in 0 seconds