कोरोनाबाट १४ जनाको मृत्यु, २,४०१ संक्रमित थपिए

by समतल अनलाइन

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २,४०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ७,७७७ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार २४ घण्टामा १६ हजार ३५६ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

यस्तै बितेको २४ घण्टामा कोरोनाबाट १४ जनाले ज्यान गुमाएका छन् । हाल देशभर कोरोनाको सक्रिय संक्रमित ३० हजार २४१ जना रहेका छन् । मन्त्रालयले संक्रमण दर कम हुँदै गए पनि जोखिम कायमै रहको भन्दै स्वास्थ्य मापदण्डको पालना गर्न सबैसँग आग्रह गरेको छ ।

 

 
 
  
 

You may also like