पदभार ग्रहण गरे राष्टिय भुमी ब्यबस्था आयोग रुपन्देहिका अध्यक्ष आचार्य

by समतल अनलाइन

रुपन्देही। राष्टिय भुमी ब्यबस्था आयोग रुपन्देहिका अध्यक्ष हरि बहादुर आचार्य क्षेत्रीले सोमबार पदभार ग्रहण गर्नु भएको छ ।
जिल्ला समन्वयन समितिका प्रमुख यक बहादुर विश्वकर्माले आचार्यलाई पदभार गराउनु भएको हो ।
सो अबसरमा डिभिजन वन कार्यलयका प्रतिनिधि अर्जुन बहादुर थापा,जिल्ला समन्वयन अधिकारी समिति सदस्य धर्म अर्याल,प्रमुख मालमोत अधिकृत सन्दिप बास्तुकला,जिल्ला समन्वयन समितिको उप प्रमुख पशुपति नाथ यादव,समितिका सदस्य सचिव अजित कुवरको सहभागिता मा आचार्यले पद भार ग्रहण गर्नु भएको हो।
पद ग्रहण गर्दै अध्यक्ष हरि बहादुर आचार्यले आयोगको मुख्य काम भनेकै भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा बाँड्ने भएको हुदा रुपन्देही
जिल्लामा लामो समय देखि भुमिहिनले जग्गा तथा लालपुर्जा नपाएकालाई आयोगले अब तत्काल काम सुरु गरि जिल्लामा बर्सौ देखि देखिएको भुमिहिन समस्या समाधान गर्ने बताउनु भयो।
उहाले सबैलाइ आफ्नो भुमी भएको आभास बनाउने बताउनु भयो।
पदभार ग्रहण गरेलगत्तै नेपाली काङ्ग्रेस रुपन्देहिले स्वागत एबम बधाई दिएको छ।
नेपाली काङ्ग्रेस रुपन्देहिका सभापती रामकृष्ण खाणले भुमिहिनको समस्या तत्काल समाधान गर्न आग्रह गर्नु भयो ।
सो अबसरमा बोल्दै आयोग अध्यक्ष आचार्यले आफू भुमिहिनको समस्या समाधान गर्न दत्तचित्त भएर लाग्ने बताउनु भयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश ससदिय दलका सचेतक फकुरुदिन खान, नेपाली काङ्ग्रेस रुपन्देही क्षेत्र न ३ का क्षेत्रीय सभापती सुशील गुरुङ, सचिब लेखनाथ भट्टराई, प्रदेश सभापती सुरेन्द्र थापा लगायतको सहभागित रहेको थियो ।

 

 
 
  
 

You may also like