56
काठमाडौँ। सरकारले कोरोनाभाइरस संक्रमण भए नभएको पुष्टि गर्न गरिने पीसीआर परीक्षणको शुल्क घटाएको छ ।
पीसीआर परीक्षणको शुल्क शुल्क घटाएर ८०० रुपैयाँ कायम गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।
उनका अनुसार पीसीआर परीक्षण एक हजार रुपैयाँ लिँदै आएको अब २०० रुपैयाँ घटाएर ८०० रुपैयाँ कामय गरिएको हो ।
सरकारी प्रयोगशालाले लिइँदै आएको एक हजार रुपैयाँ शुल्कलाई घटाएर ८०० रुपैयाँ कायम गरेको डा. अधिकारीले जानकारी दिए ।
उनका अनुसार निजी प्रयोगशालाले पीसीआर परीक्षण गर्दा बढीमा एक हजार ५०० रुपैयाँ मात्र लिन पाउनेछन् ।