225
			
		
		
			
            
				            
			
			        
    नयाँदिल्ली । पछिल्लो २४ घण्टामा भारतमा ९० हजार ९२८ जनामा कोरोना संक्रमण देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार सो अवधिमा ३२५ जनाको मृत्यु भएको छ ।
यसअघि मंगलबार भारतमा ५८ हजार ९७ जनामा कोरोना भएको थियो । अघिल्लो दिनको तुलनामा एक दिनमा ३० हजार भन्दा धेरै जनामा थपिएका हुन् । एक दिनमा १९,२०६ जना संक्रमणमुक्त भएका हुन् । भारतमा पोजिटिभिटी दर ६.४३ रहेको छ भने सक्रिय संक्रमितको दर २ लाख ५८ हजार भन्दा धेरै भएको छ ।
			        

												
														

