फेसबुक ह्याक गरी रकम ठगी गर्ने १८ वर्षीय युवक पक्राउ

by समतल अनलाइन

काठमाडौं । विभिन्न व्यक्तिहरूको फेसबुक ह्याक गरी रकम मागी अनलाइन ठगी गरेको अभियोगमा भक्तपुर गठ्ठाघर बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका- १० मंगलबारे घर भएका १८ वर्षीय किशोरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

सर्वसाधारणलगायत उच्चपदस्थ व्यक्तिहरूका फेसबुक आइडी ह्याक गरी आइडीको दुरुपयोग गरी आइडीमा भएका साथीहरूसँग विभिन्न बहाना बनाई विश्वास दिलाई विभिन्न खातामा पैसा पठाउन लगाई अनलाइन ठगी गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीउपर ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौं पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

 
 
  
 

You may also like