105
काठमाडौं । इजरायल डिफेन्स फोर्सले नयाँ वर्ष सन् २०२२ शुरु भएको दिन जनवरी १ बिहान गाजापट्टीबाट इजरायलतर्फ दुई वटा रकेट प्रहार गरिएको बताएको छ ।
जेरुसेलम पोस्टले आईडीएफका प्रवक्तालाई उद्धृत गर्दै भनेको छ, ‘आज (शनिबार) बिहान गाजापट्टीबाट भूमध्यसागरतर्फ दुई वटा रकेट प्रक्षेपण भएको देखियो। यी रकेट तेल अभिभ महानगरीय क्षेत्रमा समुद्रमा खसेका छन् ।’ विज्ञप्तिमा भनिएको छ ‘प्रोटोकलअनुसार, कुनै साइरन बजाइएको छैन र रोकिएको छैन ।’ तेल अभिभ, होलोन, बेट याम र रिसोन लिजियान सहरमा विस्फोटको आवाज सुनिएको थियो ।
previous post