माओवादी केन्द्रसँग ६६ करोड सम्पत्ति

by समतल अनलाइन

काठमाडौं । नेकपा माओवादी केन्द्रको जम्मा सम्पत्ति ६६ करोड रुपैयाँ बराबरको रहेको प्रतिवेदन लेखा आयोगले दिएको छ । आइतवारदेखि काठमाडौंको कमलादीस्थित प्ज्ञा भवनमा जारी आठौं महाधिवेशनअन्तर्गत शुक्रबार पेश भएको केन्द्रीय लेखा आयोगको प्रतिवेदनमा उक्त कुरा उल्लेख गरिएको छ ।

लेखा आयोगको प्रतिवेदन अनुसार माओवादीको कूल स्थिर सम्पति ६६ करोड छ । त्यस्तै चालु दायित्व एक लाख ६६ हजार रहेको छ । यो वर्ष ६९ लाख आम्दानी भएको छ । गत वर्ष ५४ लाख आम्दानी भएको लेखा आयोगले जनाएको छ । माओवादीलाई ८ लाख ८७ हजार वार्षिक ऋण रहेको पनि आयोगको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

 
 
  
 

You may also like