एमाले नेता सुरेन्द्र पाण्डेको दावी : चुनावअघि गठबन्धनलाई च्यातचुत पारेर भत्काउँछौं

by समतल अनलाइन

चितवन । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले आउँदो चुनावअघि नै पाँच दलीय गठबन्धनलाई भत्काउने दावी गरेका छन् ।
गृह जिल्ला चितवनमा आयोजित एमालेको कार्यक्रमलाई शुक्रबार सम्बोधनका क्रममा पाण्डेले यस्तो बताएका हुन् ।

‘महाधिवेशनपछि एमाले बलियोसँग अगाडि बढेको छ । यति ठूलो पार्टीमा केही असन्तुष्टि हुनु स्वभाविक हो’, उनले भने, ’तर अब एमाले पहिलो शक्ति हुने गरी अघि बढ्नु पर्छ ।’

उपाध्यक्ष पाण्डेले आगामी निर्वाचनअघि नै सत्तारुढ पाँच दलीय गठबन्धनलाई च्यातचुत पारिदिने पनि बताए । ‘आगामी चुनावअघि नै हामी गठबन्धन भत्काउँछौँ, च्यातचुत बनाइदिन्छौँ’, उनले भने, ‘यदि त्यसो हुन नसकेमा हामी नयाँ विकल्पमा गएर पनि बहुमत ल्याउने गरी अघि बढ्नेछौं । तपाईंहरु पनि त्यही दिशामा मिलेर अघि बढ्नुस् ।’

 

 
 
  
 

You may also like