बुटवल ।लामो समय देखि समाजसेवामा सक्रिय हुदै आएको नमस्ते नेपालद्वारा देउसीभैलोमा उठेको रकमबाट सोमबार तिलोत्तमा नगरपालिका वडा नंं १ मा रहेको सिद्धार्थ आधारभुत माविमा शैक्षिक सामग्री तथा खेलकूदका सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
देउसी–भैलो खेलेर जम्मा भएको रकम र वडा न १ को सहयोगमा विद्यालयमा केहि मात्रामा सहयोग होस् भन्ने उदेश्यले शैक्षिक सामाग्री वितरण गरिएको क्लबका अध्यक्ष अर्जुन खरेलले जनाए । नमस्ते नेपालले तिलोत्तमा नगरपालिकाको समेत आर्थिक सहयोमा विद्यार्थीहरुलाई १५० झोला , सथै कपि कलम तथा विविध खेलकुद सामाग्री गरि करिब रु ५० हजार भन्दा धेरैको शैक्षिक सामग्री तथा खेलकुदका सामाग्री बितरण गरेको र “अतिनै नाजुक र अव्यवस्थित भएको बिधालयलाई अब निरन्तर रुपमा सहयोग र समक्षण गर्ने नमस्ते नेपालको प्रतिबद्धता “संस्थाका अध्यक्ष खरेलले बताए ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष तथा प्रतिनिधि, बिद्यालयका प्रधानाध्यापक लगाएतको उपस्थिति रहेको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिलोत्तमा नगरपालिका वडा नं. १ का अध्यक्ष तामनाथ पाण्डेले “नमस्ते नेपालले बिगतदेखि नै सामाजिक क्षेत्रमा खेलेको भूमिकाको प्रंससा गर्दै आगामी दिनमा यस्ता सामाजिक कामहरु गर्न अनुरोध गरे” । कार्यक्रम संस्थाका अध्यक्ष अर्जुन खरेलको अध्यक्षता उपाध्यक्ष मनिष भुषालको स्वागत तथा सचिव सुशिल सुवेदीको संचालनमा सम्पन्न भएको थियो ।