काँग्रेस रुपन्देहीमा सर्वसम्मत नेतृत्व चयन : जिल्ला सभापतिमा रामकृष्ण खाँण निर्वाचित

by समतल अनलाइन

बुटवल । नेपाली काँग्रेस रुपन्देहीमा सर्वसम्मत नेतृत्व चयन भएकाे छ । सभापति पदमा रामकृष्ण खाँणकाे मात्रै उम्मेद्वारी परेपछि उहाँ सर्वसम्मत निर्वाचित हुनुभएकाे हाे । पार्टीकाे १४ औं महाधिवेशन अन्तरगत भएकाे रुपन्देहीकाे अधिवेशनबाट दुई उपसभापति पदमा डा. अनिता ढुंगाना शाह र थानेश्वर घिमिरे निर्वाचित हुनुभएकाे छ । उपसभापति पदमा उदयराज काफ्लेले उम्मदवारी फिर्ता लिएपछि शाह र घिमिरे निर्बिराेध हुनुभएकाे हाे ।
त्यस्तै दुई सचिव पदमन हरिप्रसाद काफ्ले र परमानन्द भट्टराई तथा दुई सहसचिव पदमा वालकृष्ण बासुदेव रिमाल र विष्णु थापा निर्वाचित हुनुभएकाे जिल्ला निर्वाचन अधिकृत भेषराज घिमिरेले बताउनु भयाे ।
सचिव पदमा उम्मेदवारी दिएका हरिप्रसाद न्याैपाने र सहसचिवमा उम्मेदवारी दिएका वालकृष्ण पाैडेलले उम्मेदवारी फर्ता लिएपछि सचिव र सहसचिव पदमा पनि निर्बिराेध भएकाे हाे ।
त्यस्तै जिल्ला सदस्य पदमा भने देवदहकाे एउटा सदस्य पदमा बाहेक बाँकी सबैमा निर्बिराेध भएकाे छ । उक्त पदमा पनि मिलाउने प्रयास भईरहेकाे नेताहरुले बताएका छन् ।

 

 
 
  
 

You may also like