72
काठमाडौं। स्विजरल्याण्ड सरकारले उपलब्ध गराएको चार लाख ९२ हजार मात्रा एस्ट्राजेनेका खोप काठमाडौं आइपुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो खोप कोभ्याक्स फ्यासिलिटी अन्तर्गत अनुदानमा उपलब्ध भएको हो । बुधबार साँझ प्राप्त भएको खोप स्वास्थ्य सेवा विभाग लगिएको छ ।
हालसम्म एक करोड ६२ लाख ६६ हजार १५५ मात्रा खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुधबार १६ हजार ५२९ जनाले कोरोना विरुद्धको खोप लगाएका थिए ।