137
काठमाडौं। कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाँण बाढी–पहिरोबाट क्षति भएका पूर्वी जिल्लाको स्थलगत अवलोकनका लागि प्रदेश नम्बर–१ गएका छन् ।
उनी आज (मंगलबार) बिहान हेलिकोप्टरबाट प्रदेश नम्बर–१ का बाढी पहिरोबाट क्षतिपुगेका जिल्लाको अवलोकनमा निस्किएका हुन् । कार्यवाहक प्रधानमन्त्री खाँणले पाँचथर, इलाम, धनकुटा, सुनसरीका विभिन्न क्षेत्रमा बाढी पहिरोबाट भएका क्षतिको स्थलगत अवलोकन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
previous post