गणकलाई प्रशिक्षण

by समतल अनलाइन

बुटवल।बुटवल उपमहानगरका गणकहरुलाई प्रशिक्षण शुरु गरिएको छ । नवीन औधोगिक माविमा शनिबारदेखि १३ देखि १६ सम्म ४ दिने गणकहरुलाई प्रशिक्षण शुरु भएको हो । बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवि आचार्यले प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै यसपटक घर, जनावर र मानिसको गणना हुने भएकाले पनि तथ्याक महत्वपुर्ण हुने बताईन। अहिले तयार गरिएको जनगणनाको फर्म विशिष्ट किसिमको भएकाले एउटा रुपरेखा पाउन सहयोग हुने उनले बताईन ।
कार्यक्रममा विश्व हिन्दु महासंघका बेन बहादुर पौडेलले नेपाल ८४ प्रतिशत हिन्दुहरु रहेको देश भएको भन्दै जाति र धर्मको विषयमा हस्तक्षेप हुन नहुने बताए । यसपटक धर्मको खण्डमा ११ उपविधा राखिदा हिन्दु धर्म घटाउने देखिएको दुखेसो गरे ।
कार्यक्रममा केन्द्रीय तथ्याक विभागका निर्देशक रामहरि गैरे, वडा नं ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्री, बुटवल ख का जनगणना प्रमुख सुरेन्द्र पाण्डे, लुम्बिनी प्रदेश जनगणना कार्यालयका सहायक जनगणना अधिकारी पुर्ण बहादुर घर्तिमगर, लुम्बिनी प्रदेश जनगणना कार्यालयका प्रमुख कृष्णराज पाण्डे, स्थानिय जनगणना कार्यालय, बुटवलका प्रमुख कोपिला ज्ञवाली, सुपरिवेक्षण सृजना अधिकारीले राज्यलाई आवश्यक पर्ने तथ्याक उपलब्ध गराउने एउटा महत्वपुर्ण पाटो भएको भन्दै सबै गणकहरु तालिममा ध्यान दिएर कार्यक्षेत्रमा लाग्न सुझाव दिए । चार दिनसम्म चल्ने प्रशिक्षण कार्यक्रममा प्रशिक्षक युवराज पन्थी, रोमनाथ घिमिरे, बिष्णु प्रसाद पन्थि, सन्तोष भट्टराईले सहजिकरण गरेका थिए । करीब २ सय २५ बढि गणकहरुलाई तालिम दिईएको हो।

 

 
 
  
 

You may also like