७७६ मा कोरोना संक्रमण, ५०१ जना निको, १३ को मृत्यु

by समतल अनलाइन

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट १३ जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको जम्मा संख्या ११ हजार ३६१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७७६ जना संक्रमित थपिएका छन् भने ५०१ जना निको भएका छन् ।

योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ९ हजार ७२९ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार ११८ जना पुगेको छ । यस्तै हालसम्म ७ लाख ८८ हजार ८ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ३६० जना रहेको छ ।

 
 
  
 

You may also like