रुपन्देहीका अपांगता भएका व्याक्तिहरु लाई खाद्यान्न वितण

by समतल अनलाइन

बुटवल।अपांग वाल अस्पताल तथा पुनस्थापना केन्द्र अन्र्तगतको सक्षम परियोजनाले रुपन्देहीका १६ वटा जिल्लाका १ सय भन्दा बढि अपांगता भएका व्याक्तीहरुलाई राहत प्रदान गरेको छ ।
चामल २५ किलो, नुन २ किलो, चिन १ किलो, दाल ३ किलो, तेल २ लिटर, सावुन ४ वटा, हेन्डस्यानीटाईजर १ वटा, माक्स १ बट्टा र टावेल १ थान गरी ४ हजार ७ सय रुपैयाँ बराबरको प्रति व्याक्तिलाई प्रदान गरिएको हो ।
यो भन्दा पहिला अपांग वाल अस्पताल तथा पुनस्थापना केन्द्रले पहिलो चरणको राहत समेत प्रदान गरिसकेको थियो

कोभिडको कारण दैनिक ज्यालादारी गर्न बाट बञ्चीत अपांगता भएका व्याक्ति तथा तिनका परिवारलाई लक्षित गरेर राहत वितरण गरिएको एचआरडीसी सक्षम परियोजना बुटवलका सुपरभाईजर लेखनाथ आचार्यले जानकारी दिए ।
राहतको दोस्रो चरण अन्र्तगत सोमबार सैनामैना नगरपालिकाका अपांगता भएका व्याक्तिहरुलाई राहत वितरण गरेको छ ।
सैनामैना नगरपालिकाका १२ परिवारलाई राहत प्रदान गरिएको हो । राहत वितरण गर्दै नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले मानविय सेवाभावले सहयोग गरिएको भन्दै मानविय सेवामा तिनै तहको सरकारको ध्यान पुग्न नसकेको भन्दै सक्षम परियोजनाले गरेको काम उत्कृष्ठ गरेको बताए । उनले सक्षम परियोजनाले हाल रुपन्देहीमा सेवा प्रदान गदै आएकोमा केही समय पश्चात परियोजना समाप्त हुन लागेकोमा यसको निरन्तरताको लागि परियोजना बनाएर नगरपालिकामा पेश गर्न र यसको लागि नगरपालिकाले सक्दो सहयोग गर्ने समेत प्रतिवद्धता जनाए ।
कार्यक्रम रुपन्देही अपांगता पुर्नस्थापना केन्द्रका अध्यक्ष सुवी गुरुंगको अध्यक्षता, लेखनाथ अचार्यको सञ्चालनमा भएको हो । कार्यक्रममा रुपन्देही अपांग पुर्नस्थापना केन्द्रका सल्लाहकार कल्पना ढकालले स्वागत मन्तव्य राखेकी थिईन भने कार्यक्रममा एचआरडीसीका राजाराम चौधरी, नेपाल अपांग महिला संघको फोकल पर्सन पार्वती न्यौपानले लगायतले आ आफ्नो भनाई राखेका थिए ।

 
 
  
 

You may also like