डाइभर्सन बगाउँदा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

by समतल अनलाइन
131Shares

बुटवल । अविरल वर्षाका कारण आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बुटवल-बर्दघाट खण्डको खोडाहामा डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको हो। राजमार्ग अवरुद्ध हुँदा दशैं मानेर गन्तव्यमा जान हिंडेका यात्रु अलपत्र परेका छन्।

पूर्वबाट पश्चिम र पश्चिमबाट पूर्वतर्फ जान हिंडेका सवारी साधनहरुको राजमार्गमा लामो लाइन लागेको छ। वर्षा रोकिएपछि राजमार्ग सञ्चालनको काम शुरू हुने लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार लुम्बिनी, कर्णाली र सूदूरपश्चिम प्रदेशमा मध्यमदेखि अति भारी वर्षा भइरहेको छ।

विभागका अनुसार डडेल्धुराको जोगबुढामा गत २४ घण्टामा २११ मिलिमिटर वर्षा भएको छ। त्यसैगरी भैरहवामा पछिल्लो ६ घण्टामा ८१.४ र परासीमा ५५, मिलिमिटर वर्षा भएको छ। विभागले बुधबारसम्म नै निरन्तर वर्षा हुने जनाएको छ।

Comments

You may also like