उपकार युवा क्लवको सुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न

by समतल अनलाइन

गुल्मी । उपकार युवा क्लवले सुभ विजया, सुभ दिपावाली तथा छतपर्वको अवसरमा सुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

गुल्मी रुरुक्षेत्र गाउँपालिका ५ मा रहेको क्लबले शनिबार लक्ष्मी आधारभुत विद्यालयमा भएको हो।

रुरुक्षेत्र गाउँपालिका-५ का वडा सदस्य सिद्दिनाथ श्रेष्ठले युवाहरूले अहिले उत्कृष्ट काम गरेको भन्दै उनले प्रशँसा गर्दै दशै,सुभदिपावली तथा छठपर्वको सुभकामना व्यक्त गरे।
नेपाल रेडक्रस गुल्मी जिल्लाका उप-कोषाध्यक्ष तथा क्लबको सातौ साधारण सभाका निर्वाचन अधिकृत बिष्णु भण्डारीले युवाहरु बिदेश पलायन भैरहवा प्रत्यक्ष अप्रत्यक्ष रुपमा समाज बिकासको लागि उल्लेखनीय काम गरेको प्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझै अग्रसर भएर युवाहरु अगाडि बढ्न सुझाव दिए।

त्यसैगरी कार्यक्रममा क्लवका अध्यक्ष बिक्रम भण्डारीले आउदा दिनमा समाजको जुनसुकै बिकासमा हातेमालो गर्दै अगाडि बढ्ने प्रतीज्ञा व्यक्त गरे। कार्यक्रममा बोल्दै उनले क्लबले २०५७ सालमा स्थापना भएको क्लबले अग्रज ब्यक्तिहरुले संस्थालाई यहाँ सम्म ल्याउन भुमिका खेल्नुहुने प्रति आभार व्यक्त गर्दै मेरो कार्यकाललाई सफल बनाउन सहयोग गर्नेमा कार्यसमितिका सदस्य तथा अग्रज ब्याक्तित्व आफु विश्वस्त रहेको जनाए ।

सहयोगी ब्यक्तिलाई सम्मान

क्लबका विभिन्न कार्यक्रममा आर्थिक सहयोग गर्ने ब्यक्तिलाई सम्मान गरेको छ । क्लबले राम बहादुर खत्री , बिष्णु भण्डारी , कमल खत्री लगायतलाई कदरपत्र र दोषल्ला ओदाएर सम्मान गरेको छ।

पदाधिकारीलाई प्रमाणपत्र वितरण

क्लबले सातौ साधारण सभामा निर्वाचित भएका पदाधिकारीलाई प्रमाणपत्र वितरण गरेको छ।
सातौ साधारण सभाका निर्वाचन अधिकृत बिष्णु भण्डारीले कार्यक्रम संचालन गर्दै प्रमुख वडा सदस्य सिद्दिनाथ श्रेष्ठको हातबाट सम्पुर्ण क्लबका पदाधिकारीलाई सम्मान पत्र वितरण गरिएको हो।

कार्यक्रम क्लबका अध्यक्ष बिक्रम भण्डारीको अध्यक्षता , वडा सदस्य सिद्दिनाथ श्रेष्ठको प्रमुख आतिथ्यता , अतिथिमा नेपाल रेडक्रस जिल्ला उप – कोषाध्यक्ष तथा शिक्षक विष्णु प्रसाद भण्डारी , लक्ष्मी आधारभुत मावीकि प्रधानाध्यापक मनकला भण्डारी , लक्ष्मी आधारभुत मावि व्यवस्थापन समितीका अध्यक्ष लाल बहादुर खत्री लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रम सन्चालन क्लबका उपाध्यक्ष श्रीराम भण्डारीले गरेका थिए ।

 
 
  
 

You may also like