बालबालिकाको आखाँ समस्याबारे बुटवलमा ‘वाईट रिफ्लेक्सन’ बारे सचेतना

by समतल अनलाइन

बुटवल । बालबालिकाहरुको आखाँमा लाग्ने वाईट रिफ्लेक्सन (सेतो प्रतिविम्ब) को जटिल समस्यालाई कम गर्नका लागि बुटवल उपनगरपालिकाका स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयम् सेविकालाई सो बारे निःशुल्क सचेतना कार्यक्रम गरिएको छ । बुटवल उपमहानगरपालिकाका १९ वटै वडामा रहेका स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयम् सेवीका गरि करिव तीन सय जनालाई वाईट रिफ्लेक्शन समस्या बारे सचेतना कार्यक्रम गरिएको हो । लायन्स क्लव अफ बुटवल मणि उजेशले बालबालिकालाई आखाँमा देखिने वाईट रिफ्लेक्सन र यसले भविष्यमा निम्त्याउने रेटिना ब्लास्टोमा (आखाँको क्यान्सर) लाई कम गर्नका लागि बुटवलमा सो बारे स्वास्थ्यकर्मीसँग सचेतना कार्यक्रम गरेको हो । बुटवल उपमहानगरपालिकाको समन्वय र रोटरी ईक्लव अफ मेडिको फ्ुयूजन हाईव्रिड नेपालसँगको सहकार्यमा गरेको कार्यक्रममा बुटवलका विभिन्न वडामा चार दिनसम्म चलेको थियो । रण अम्विका आखाँ अस्पताल भैरहवाका बरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विनीता भट्टराई लगायतको स्वास्थ्यकर्मीको टोलीले वाईट रिफ्लेक्सनका बारेमा सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा डाक्टर भट्टराईले आखाँमा देखिने सेतोप्रकारको दाग बालबालिकाका लागि भविष्यमा जटिलता निम्त्याउने भएकाले यसलाई समयमै चिकित्सकिय सुझावसँगै नियमित आखाँको परिक्षण आवश्यक रहेको बताउनुभयो । सचेतना कार्यक्रममा सहभागि भएका स्वास्थ्यकर्मी तथा स्वयम् सेवीकाले बुटवलका प्रत्यक वडाका बालबालिकामा देखिन सक्ने वाईट रिफ्लेक्शनका बारेमा जानकारी लिने र उपचारमा सघाउने गरि अभिभावकलाई सचेत पार्ने मणि उजेशका अध्यक्ष प्रविना घिमिरेले जानकारी दिनुभयो । बालबालिकाको आखाँको क्यान्सरलाई न्युनिकरण गर्नका लागि यो अभियान शुरु गरिएको उल्लेख गर्दै अध्यक्ष घिमिरेले पहिलो चरणका सचेतनात्मक कार्यक्रम र भविष्यमा रेटिना ब्लास्टोमा (आखाँको क्यान्सर) को उपचारमा सहयोग गर्ने गरि कार्यक्रम अगाडि बढाइएको लायन्सका जोन चियर प्रशन तथा मणि उजेशका पुर्व अध्यक्ष नेहा अग्रवालले जानकारी दिनुभयो । बालबालिकाको अन्य स्वास्थ्य समस्या जस्तै आखाँमा देखिने वाईट रिफ्लेक्सन पनि ठुलो समस्या भएकाले बालबालिकाले हेर्दा असहज मानेमा तुरुन्त चिकित्सको सम्पर्कमा आउनु पर्ने रोटरी ईक्लव अफ मेडिको फ्ुयूजन हाईव्रिड नेपालका अध्यक्ष तथा बालरोग विषेशज्ञ डा. सन्तोष पोखरेलले जानकारी दिनुभयो । कार्यक्रममा सोनाली गुरुङ्ग, कोषाध्यक्ष पुष्ण कण्डेल, सुस्मीता श्रेष्ठ, सरस्वती पन्थी भुषाल लगायतले बालबालिकाको आखाँमा देखिने वाईट रिफ्लेक्सनका बारेमा सचेत रहन सबैलाई सुझाव दिनु भएको थियो ।

 
 
  
 

You may also like