87
बुटवल । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा आइतवार भएको झडपमा घाईते भएका मध्य तीन जनाको मृत्यु भएको छ ।
थप तिन जनाको अवस्था गम्भिर रहेको र उनीहरु मध्ये १ जनाको भेन्टीलेटरमा राखेर उपचार भईरहेको अस्पतालले जनाएको छ ।
युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार गराइरहेका १३ जना मध्ये ३ जनाको मृत्यु भएको हो ।
अस्पतालका जनसम्पर्क अधिकृत तेज केसीका अनुसार उक्त अस्पतालमा ५ जना प्रहरी सहित १३ जनाको उपचार भएको थियो ।
मोतिपुर औद्योगिक क्षेत्रमा आईतबार भएको झडपमा परि ५० बढी घाईते भएका थिए । बाँकीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भईरहेको छ ।