काठमाडौं । डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा डुङ्गा दुर्घटना हुँदा १ सय जना भन्दाबढी मानिसको मृत्यु भएको अनुमान गरिएको छ ।
कङ्गोमा भइरहने सामुद्रिक दुर्घटनाको यो पछिल्लो शृङ्खला थियो । कंगोका नागरिक देशकै ठूलो कङ्गो नदीमा असुरक्षित यात्रा गर्न बाध्य छन् । उत्तर पश्चिमी प्रान्त मोंगलाका गभर्नरका प्रवक्ता नेस्टर मग्बाडोले एएफपीलाई जनाएअनुसार सोमबारदेखि मङ्गलबार रातिसम्म उक्त दुर्घटनामा हराइरहेका ६१ जानको शव निकालिएको छ भने अन्य ६० जना अझै बेपत्ता रहेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
उक्त दुर्घटनामा परेका ३९ जना यात्रुहरू भने बाँच्न सफल भएका छन् । डुंगामा सवार यात्रुको यकिन संख्या भने यकिन भइसकेको छैन । यो संख्या भने डुङ्गाको क्षमताको आधारमा गरिएको अनुमान मात्र हो ।
परम्पारागत रूपमा बनाइएको काठको ढुङ्गामा बसेर यात्रा गर्दा ढुंगा दुर्घटनामा परेको हो । त्यहाँको सरकार प्रवक्ता मग्बाडोका अनुसार उक्त दुर्घटना रात्रीको समयमा खराब मौसम वा अत्यधिक यात्रुहरूको चापका कारण भएको हुनसक्छ ।
पीडितहरुमा प्रायः प्रान्तीय राजधानी बुम्बामा यात्रा गर्ने फेरीवाला र विद्यार्थीहरु रहेका छन् । प्रवक्ता मग्बाडोले उक्त घटनाको थप अध्ययन र उद्धार कार्य जारि रहेको बताए । एजेन्सी