न्याय माग्दै माइतीघरमा धर्ना बसेकी सलिमुन बेहोस भएर ढलिन्

by समतल अनलाइन

काठमाडौं । न्यायको माग गर्दै नेपालगञ्जबाट १९ दिन हिंडेर काठमाडौं आई माइतीघरमा धर्ना दिइरहेकी सलिमुन बिहाना बेहोस भएर ढलेकी छन् । माइतीघर मण्डलमा धर्नाका क्रममा ४५ वर्षीया सलिमुन बेहोस भएर ढलेकी हुन् । नागरिक आन्दोलनका अगुवाले पनि साथ दिएको धर्नास्थलमा अहिले उनको उपचार भइरहेको छ ।

सलिमुनसहित न्याय माग्दै आएका महिलाहरूमाथि शुक्रबार साँझ माइतीघर मण्डलमै प्रहरीले धरपकड गरेर पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये रुबि खान अझै प्रहरी हिरासतमै छिन् । उनीसहित पक्राउपछि रिहा भएका अन्य १६ जनाले पनि भोकहडताल गरिरहेका छन् ।

हिंडेर आएकी सलिमुन बिरामी थिइन् । उनले बिरामीकै कारण खाना खान समेत सकेकी थिइनन् । सलिमुनसहित अन्य धर्नामा सहभागीहरू शारीरिक रुपमा कमजोर बनेका छन् ।

बाँकेको जानकी गाउँपालिका–२ की ३८ वर्षीया नकुन्नी धोबी र नेपालगञ्ज उपमहानगरपालिका–१९ की निर्मला कुर्मीको शंकास्पद मृत्यु भएको थियो । यी दुई महिलाको प्रकरणमा बाँके प्रहरीले गम्भीर अनुसन्धान नगरेको भन्दै उनीहरु १९ दिन हिंडेर काठमाडौं आएपछि थप आन्दोलित छन् ।

 
 
  
 

You may also like