90
बुटवल । अनेरास्ववियु रुपन्देही जिल्ला कमिटीले संगठन बिस्तार अभियानलाई तीव्र रुपमा अगाडि बढाएको छ । यही अभियान अन्र्तगत बुटवल उपमहानगरपालिका वडा नं ३ प्रथम अधिबेशनबाट भावना लिगलकाे अध्यक्षयतामा ३१ सदस्य वडा कमिटिको गठन गरिएको छ ।
कार्यक्रममा अनेरास्ववियूका केन्द्रीय सदस्य नविन थापाले संगठनले अहिले देशभर संगठन बिस्तार अभियानलाई तिब्रताका साथ अगाडि बढाएको बताउनु भयो । पहिलो चरणमा वडा कमिटि नगर हुदै जिल्ला कमिटि गठनको तयारिमा लागेको उहांले बताउनु भयो ।
कार्यक्रममा अनेरास्बबीयू रुपन्देहि जिल्ला सहसंयोजक शेषकान्त पोखरेल, अनेरास्बबीयू जिल्ला कमिटि सदस्य भरत अर्याल, मनोज गौतम गोबिन्द रिजाल,प्रेम बस्याल, कृष्ण पाण्डेलगायतले मन्तब्य राखेका थिए ।