मनास्लु हिमाल आरोहणका क्रममा क्यानाडाका नागरिकको मृत्यु

by समतल अनलाइन

गोरखा । नेपाल भ्रमणमा आएका क्यानाडाका एक नागरिकको गोरखाको मनास्लु हिमाल आरोहणका क्रममा मृत्यु भएको छ ।
क्यानडाका ३७ वर्षीय ब्रेन्ट सेलको हिमाल आरोहणको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

आठ हजार एक सय ६३ मिटर उचाइको मनास्लु हिमालको आरोहणका क्रममा चौथो बेस क्याम्पभन्दा झण्डै एक सय मिटरमाथि पुगेपछि उनको मृत्यु भएको हो ।

हिमाल आरोहणका क्रममा अचानक ढलेर बेहोस भएपछि तत्कालै उनको मृत्यु भएको गोरखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश दाहालले जानकारी दिए । उनी स्नो होराइजन कम्पनीमार्फत मनास्लु आरोहणमा गएका थिए । उनको शव कैलाश एअरको हेलिकप्टरमार्फत काठमाडौं ल्याएको छ ।

 
 
  
 

You may also like