अनेरास्ववियु बुद्धभुमिको नगर कमिटीको अध्यक्षमा पारस मरासिनी

by समतल अनलाइन

कपिलवस्तु । नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बुद्धभूमि नगर कमिटीको अध्यक्षको जिम्मा पारस मरासिनीले पाएका छन् । अनेरास्ववियु बुद्धभूमि नगर कमिटिको भेला तथा सम्मेलनमा नयाँ नेतृत्व चयन गरिएको हो । मरासिनीको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ ।

जसको उपाध्यक्षमा मोहन खड्का, सचिवमा प्रदिप पोख्रेल, सह–सचिवमा वर्षा भुसाल, सुस्मा परियार र राम विलास थारु, कोषाध्यक्षमा विपिन पन्थी चयन भएका छन् ।

नव गठित नगर कमिटिका अध्यक्ष मरासिनसले सशक्त रुपमा विद्यार्थी आन्दोलन अगाडि बढाउदै आफ्नो जिम्मेवारी पुरा गर्ने बताए ।

कार्यक्रममा बोल्दै नेकपा एमाले प्रदेश कमिटी सल्लाहकार सदस्य ईन्द्रमणी पौडेलले विद्यार्थीहरुले निस्वार्थ भावनाका साथ सक्रिय रहि सामाजिक कार्यमा अग्रसर हुनुपर्नेमा जोड दिएका छन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पौडेलले पार्टीलाई थप मजबुत, बलियो बनाई समृद्ध समाज निर्माणमा विद्यार्थीको अहभ भुमिका रहने बताए ।

कार्यक्रममा बोल्ने वक्ताहरूले आ–आफ्नो भनाई राख्दै नवगठित कमिटिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रम पारस मरासिनीको अध्यक्षता, सीता पोख्रेलको स्वागत तथा प्रदिप पोख्रेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

 
 
  
 

You may also like