पूर्व अध्यक्ष चापागाईलाई सम्मान

by समतल अनलाइन

बुटवल। नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष डा. बालकृष्ण चापागाईलाई महासंघले सम्मान गरेको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयबाट हालै ‘बुद्ध दर्शन र सञ्चार’ मा विद्यावारिध हासिल गरेकाले महासंघ रुपन्देहीले दोसल्ला र सम्मानपत्रले सम्मान गरेको हो । मुख्यमन्त्री केसी र महासंघका केन्द्रीय अध्यक्ष पोखरेलले सम्मान गरेका हुन ।

पत्रकारिता र कानुन बिषयमा समेत स्नाकोत्तर गरेकाडा. चापागाईले बुद्धदर्शन र सञ्चार बिषयमा विद्यावरिधी गरेका हुन । उनले महासंघले सम्मान गरेको धन्यवाद दिदै पत्रकारिता क्षेत्रमा अध्ययनशिल पुस्ताहरुको आगमन भइरहेको समेत बताए ।

महासंघ केन्द्रीय समितिको आयोजना र रुपन्देही शाखाको समन्वयमा भएको आधारभूत एक हप्ते पत्रकारिता तालिममा सहभागीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । उक्त अवसरमा इन्टरनेश्नल अलर्टका बरिष्ठ कार्यक्रम अधिकृत विजयी क्षेत्री, सहभागीका तर्फबाट विशाल गिरी, सुजिता श्रेष्ठले बोलेका थिए । कार्र्यक्रम महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलको अध्यक्षता, उपाध्यक्ष विश्वास ढकालको स्वागत तथा सचिव विनोद परियारको सञ्चालनमा सम्पन्न भएको थियो ।

 
 
  
 

You may also like