देशभर बदली, कहाँ–कहाँ छ बर्षाको सम्भावना ?

by समतल अनलाइन

काठमाडौं। आज (सोमबार) बिहान सुदूरपश्चिम प्रदेश तथा बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तराई भू–भागमा आंशिक बदली रहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । काठमाडौं उपत्यकामा आज अपराह्नपछि वर्षाको सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिएकी छिन् । ‘आज काठमाडौंमा केही समय मौसम खुले पनि अपराह्नपछि पानी पर्नेछ’, मौसमविद् शाक्यले भनिन्, ‘काठमाडौंमा भारी वर्षाको भने सम्भावना छैन ।’

आज राति देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र सुदूरपश्चिम प्रदेशका एक -दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । काठमाडौं आज राति पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । भारी वर्षाको पनि सम्भावना रहेकाले उक्त स्थानका पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क हुन मौसमविद् शाक्यको आग्रह छ ।

 
 
  
 

You may also like