गणेशमान सिंह स्मृति दिवस बुटवलमा माल्यार्पण गरि मनाईयो

by समतल अनलाइन

बुटवल । २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २४ औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँएको छ । १९७२ साल कात्तिक २४ गते काठमाण्डौको क्षेत्रपाटीमा जन्मनुभएका नेता सिंहको २०५४ साल असोज २ गते निधन भएको हो ।

गणेशमान सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भइ राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाउनुभएको थियो ।

सिंहले वीपी कोइरालासँग मिलेर २००३ सालमा नेपाली कांग्रेस स्थापना गर्नुभएको थियो । २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा गणेशमानले वीरगञ्ज मोर्चामा सशस्त्र सङ्घर्ष गर्नुभएको थियो । २०१७ सालमा शाही शासन सुरु भएपछि आठ वर्ष निरन्तर कारावासको सजाय भोगेकाले उहाँलाई लौहपुरुष पनि भनिन्छ ।

गणेशमानले २०४६ सालमा राष्ट्रिय जनआन्दोलनमा नेतृत्वदायी भूमिका खेल्नुभएको थियो । यता नेपाली कांग्रेस बुटवल नगर समितिले पनि गणेशमान सिंहको २४ औं स्मृति दिवस मनाएको छ । नगरको पार्टी कार्यालयमा रहेको उँहाको शालिकमा माल्यार्पण गर्दै स्मृति दिवस मनाएको नगरसभापति खेलराज पाण्डेयले जानकारी दिनुभयो ।

गणेशमान सिहंले नेपाली राजनीतिकमा गरेको त्याग र बलिदानको स्मरण गर्दै अहिलेको कांग्रेसले पाठ सिक्नु पर्ने पाण्डेयले बताउनुभयो ।

 
 
  
 

You may also like