सिता भण्डारी मृत्यु प्रकरण : १० दिनपछि प्रहरीले गर्यो किटानी जाहेरी दर्ता

by समतल अनलाइन

बुटवल। रुपन्देहीको तिलोत्तमा -५ स्थित सिता भण्डारी मृत्यु प्रकरणमा १० दिनपछि प्रहरीले किटानी जाहेरी दर्ता गरेको छ। सोमबार प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ , प्रहरी र पिडितपक्ष बिच जिल्ला प्रशासनमा भएको छलफलपछि जाहेरी दर्ता भएको हो।

जाहेरीमा मृतक सीताका श्रीमान् टिका पौडेल , जेठाजु हरि पौडेल र पौडेलकी आमाजू विष्णुलाई किटानी गरिएको जनाएइएको छ। जो मृतकका जेठाजु तिलोत्तमा ५ का वडा सदस्य रहेका छन्।

मणिग्रामका कफी कम्पनिका  ४३ वर्षीय टीका पौड्यालकी पत्नी सीता भदौ १९ गते आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । पोष्टमार्टम रिपोर्टमा भने सीताले झुण्डिएर आत्महत्या गरेको देखिएपनि माइती पक्षले भने सीताको हत्या गरेर आत्महत्या भनिएको भन्दै न्याय मागिरहेको छ ।

बिहे भएको २ बर्षपछि आफ्नै घरको कोठामा मुखबाट रगत बगेको, गला कसिएको र भुइँमा लडेको अवस्थामा सीताको शव भेटिएको थियो ।

नगरपालिका–५ घर भएकी २७ वर्षीय सीता भण्डारी पौड्यालको मृत्यु भएको दश दिन बित्दा पनि उनको शव उठेको छैन । घटनाबारे उच्चस्तरीय छानबिन गरेर न्याय पाएमा मात्रै शव बुझ्ने माइति परिवारको भनाइ छ ।

केहि दिन पहिले मृतकको माइतीपक्षद्वारा घरमा गरिएको घेराउ (भिडियो)

 
 
  
 

You may also like