चिनियाँ राष्ट्रपति सी भारतको चेन्नईबाट काठमाडौँतर्फ प्रस्थान

by समतल अनलाइन

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ भारतको चेन्नईबाट काठमाडौँतर्फ प्रस्थान गरेका छन् ।

भारतको दुई दिने भ्रमणका लागि शुक्रबार चेन्नई पुगेका सीले भ्रमण सकेर नेपालतर्फ प्रस्थान गरेका हुन् ।

भारतीय समाचार एजेन्सी एएनआइका अनुसार राष्ट्रपति सी केहि बेरअघि चेन्नई विमानस्थलबाट काठमाडौँका लागि उडेका छन् ।

राष्ट्रपति सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली समकक्षी विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्नेछन् ।

विमानस्थलबाट उनी सिधै होटल सोल्टी जानेछन् भने आजै शीतल निवासमा राष्ट्रपति भण्डारीसँग भेटवार्ता हुने कार्यक्रम रहेको छ ।

 
 
  
 

You may also like